• २०८१ बैशाख १५ शनिबार

सुन प्रकरणमा सत्ता पक्षकै हात छ- चित्रबहादुर केसी

kharibot

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुन प्रकरणमा सत्ता पक्षकै जिम्मेवार व्यत्तिहरुको संलग्नता रहेको आरोप लगाएका छन् । 

बुधवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं अध्यक्ष केसीले सुन प्रकरणमा सत्ता पक्षकै जिम्मेवार व्यत्तिहरुको संलग्नता रहेको दावी गरे । उनले साना मानिसलाई पक्राउ गरेर नेपाली जनताको आँखामा छारो हाल्ने काम मात्र गरेको बताए ।  

उनले भने,‘राज्य सत्ताका जिम्मेवार व्यक्ति सामेत नभईकन यत्रो ठूलो अपराध हुँनै सक्दैन् । अब साना मानिसलाई पक्रेर नेपाली जनताको आँखामा छारो हाल्न पाईदैन् । मूल अपराधी कहाँ छ कुन कुनामा बसेको छ । त्यो अपराधीलाई समातेर नेपाली जनतालाई देखाउँन सक्नुपर्छ सरकारले ।’

अध्यक्ष केसीले स्वयम् राज्य सत्ता नै यस्तो लुटपाटमा संलग्न भईरहेको टिप्पणी गरे । यति धेरै परिणाममा सुन बाहिर आउँनु अन्तर्राष्ट्रिय तस्करहरुले नेपाललाई ट्रान्जिट पोईन्ट बनाएको उनको भनाइ छ  । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै