• २०८१ बैशाख १५ शनिबार

कोरोनाभन्दा खतरानाक भाइरस अमेरिकावाट फैलिन सक्ने वैज्ञानिकहरुको चेतावनी

kharibot

न्युयोर्क । चीनको वुहानपछि अब अमेरिकाको मासु बजारवाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । 

हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरुको प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली जनावरको आपसी सम्पर्कका कारण यसको जोखिम बढ्ने उल्लेख गरिएको छ । यो प्रतिवेदन हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयले सार्वजनिक गरेको हो ।

हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयको एक रिपोर्टमा भनिएको छ कि धेरै अमेरिकीहरू प्रायः सोच्छन् कि उनीहरूको देशमा यो हुन सक्दैन तर यस देशका नियमहरू यति कमजोर छन् कि एक भाइरस वा अर्को संक्रामक रोग अमेरिकामा जनावरहरूबाट मानिसमा सजिलै सर्न सक्छ ।

प्रतिवेदन तयार गर्ने टोलीका सदस्य एन लिन्डरले भने- त्यहाँ वास्तवमै सुरक्षाको गलत भावना र आनुवंशिक रोग अन्यत्र अवस्थित छ र अमेरिकामा हुन सक्दैन भन्ने निराधार विश्वास छ ।

हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयका रिपोर्टहरूले पनि जोखिमका धेरै बिन्दुहरूको बारेमा औल्याएका छन । पशुको आयात निर्यातको क्रमसँगै यस अवधिमा लाखौं जनावरहरू एकअर्का र तिनीहरूका ह्यान्डलरहरूको सम्पर्कमा आउँछन् ।

यस कारण जंगली जनावरबाट कुनै पनि संक्रमण सजिलै मानिसमा प्रवेश गर्न सक्छ।

एन लिन्डरले भने- प्रत्येक वर्ष लगभग २२ करोड जीवित जंगली तथा घरपालुवा जनावर र अन्य उद्देश्यका लागि अमेरिकामा आयात गरिन्छ । कसैले कुकुर वा बिरालोलाई अरु देशमा ल्याउनुपर्ने हो भने प्रक्रियामा सामेल हुनुपर्छ । तर, एक आयातकर्ताले सजिलो नियमको साथ दक्षिण अमेरिकाबाट १०० जंगली स्तनपायी सजिलै ल्याउन सक्छ।

पशु आयात र निर्यातमा सजिलो कानुनका कारण अमेरिकामा कोभिड भन्दा खतरानाक भाइरस उत्पन्न हुने र त्यो तिब्रताका साथ फैलने ती बैज्ञानिकहरुको दाबी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै