• २०८१ बैशाख १६ आइतबार

बालेनले दिए रेणु दाहाललाई समवेदना

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले मातृशोकमा परेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई समवेदना दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले समवेदना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा रेणुकी आमा सीता दाहालको आज विहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

बालेनले परिवारको अभिभावकत्व ग्रहण गर्दै प्रधानमन्त्री समेत रहेका पितासहित सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस भन्ने कामना गरेका छन् । साथै उनले स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेका छन् ।

उनले लेखेका छन्- 

'मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु । सम्माननिय प्रधानमन्त्री समेत रहनु भएका तपाईंका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय  सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै