• २०८१ बैशाख १६ आइतबार

एसेजको तेस्रो खेल रोचक मोडमा

kharibot

काठमाडौँ । एसेज सिरिजको तेस्रो खेलको दोस्रो दिनको खेल सकिदा अस्ट्रेलिया र ईङल्याण्डबीचको खेल रोचक मोडमा पुगेको छ । दोस्रो इनिंगको खेल शुरु हुदा खेल कसले जित्छ भन्ने अनुमान गर्न मुश्किल देखिएको छ । 

दोस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले १४२ रनको अग्रता लिएको छ । अब अस्ट्रेलियाले आफ्नो अग्रता थप बढाउने र ईङल्याण्डले छिटो भन्दा छिटो अस्ट्रेलियालाई अल आउट गरेर कम लक्ष्य लिने यो लडाई रोचक हुने देखिन्छ । 

दोस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले ४ विकेट गुमाउदै ११६ रन बनाएको छ भने पहिलो इनिंगको अग्रताको आधारमा १४२ रनको अग्रता बनाएको छ ।

अब खेलमा ट्राभिस हेड १८ र मिचेल मार्श १७ रन बनाएर अस्ट्रेलियाको दोस्रो इनिंगलाई तेस्रो दिन अगाडी बढाउने छन् ।

यसअघि अस्ट्रेलियाले पहिलो इनिंगमा २६३ रन बनाएको  थियो र ईङल्याण्डले २३७ रन बनाएको थियो ।

५ खेलको एसेज सिरिजमा अस्ट्रेलियाले २-० ले अगाडी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै