• २०८१ बैशाख ८ शनिबार

बंगलादेशले 'अखण्ड भारत' नक्सा बारे भारतसँग स्पष्टीकरण माग्ने

kharibot

ढाका । बंगलादेशले भारतले आफ्नो नयाँ संसद भवनमा राखेको 'अखण्ड भारत' को नक्साको विषयमा स्पष्टीकरण माग्ने भएको छ । 

उक्त नक्सामा बंगलादेशसहित नेपालका लुम्बिनी र कपिलवस्तुका भाग समेत देखाइएको छ ।

बंगलादेशका परराष्ट्र राज्यमन्त्री मोहम्मद सहरियार आलमले दिल्लीस्थित बंगलादेशी दूतावासलाई यस विषयमा भारतको आधिकारिक स्पष्टीकरण लिन देशको विदेश मन्त्रालयसँग सम्पर्क गर्न निर्देशन दिइएको बताएका छन् ।

सहरियार आलमले भने- 'यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । यद्यपि थप स्पष्टीकरणका लागि हामीले दिल्लीस्थित मिसनलाई भारतीय विदेश मन्त्रालयसँग कुरा गर्न उनीहरुको आधिकारिक स्पष्टीकरण के हो भनेर सोधेका छौं ।'

उनले भने- 'हामीले के सिकेका छौं कि भारतको विदेश मन्त्रालयका प्रवक्ताले भने कि यो ख्रीष्टको जन्म भन्दा ३०० वर्ष अघि अशोक साम्राज्यको नक्सा हो । यसमा त्यस समयको क्षेत्रको नक्सा र भित्तिचित्र समावेश छ । भित्तामा मानिसको यात्रालाई चित्रण गरिएको छ । त्यहाँ सांस्कृतिक समानता हुन सक्छ, तर राजनीतिसँग यसको कुनै सम्बन्ध छैन ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै