• २०८१ बैशाख १६ आइतबार

मेसी इफेक्ट- पिएसजीले इन्स्टाग्रामका १५ लाख फलोअर गुमायो

kharibot

काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले लियोनेल मेसीले क्लब छोड्ने घोषणा गरेपछि अहिलेसम्म करिब इन्स्टाग्रामका १५ लाख फलोअर गुमाएको छ ।

शनिबार राति यस सिजनको लिगको अन्तिम खेलमा क्लेरमोन्ट फूटसँग ३-२ ले पराजित भएपछि मेसीले क्लब छोड्ने औपचारिक घोषणा भएको थियो ।

सो घोषणापछि पिएसजीको सामाजिक सञ्जालमा फलोअर घटिरहेको छ ।

जसमा सबैभन्दा बढी इन्स्टाग्राममा घटेका छन् । सो खेलअघि ७० मिलियनभन्दा बढी फलोअर रहेकोमा अहिले घटेर ६८.९ मिलियन पुगेका छन् ।

त्यस्तै ट्वीटरमा पनि १० हजार भन्दा बढी फलोअर घटेका छन् ।

यस सिजनको लिग उपाधि जितेको पिएसजीको अन्तिम खेलमा क्लबका फ्यानले मेसीलाई हुटिंग समेत गरेका थिए । मेसीले क्लब छोड्ने निश्चित भएको समाचार आउन थालेपछि क्लबका फ्यानले मेसीविरुद्ध प्रदर्शन र खेलहरुमा हुटिंग गर्ने गरिरहेका थिए ।

मेसी अहिलेसम्म कुन क्लबमा जान्छन भन्ने निश्चित भएको छ । बार्सिलोना फर्किने प्रयासमा रहेका मेसी साउदी क्लब अल हिलाल जानसक्ने सम्भावना बढी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय