काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी, लिड्स युनाइटेड र साउथहम्पटन रेलिगेशनमा परेका छन् ।
२०१५-१६ सिजनको प्रिमियर लिग जितेको लेस्टर सिटी यस सिजनमा १८औं स्थानमा रहदै रेलिगेसनमा परेको छ । लेस्टरको ३८ खेलमा ३४ अंक रहेको छ ।
त्यस्तै लिड्स युनाइटेडको ३८ खेलमा ३१ अंकसहित १९औं र साउथहम्पटनको ३८ खेलमा २५ अंक रहेर पुछारमा रहेको छ ।
यी तीन क्लब रेलिगेसनमा परेसँगै आउदो सिजनमा बर्नली, शेफिल्ड युनाइटेड र लुटन टाउन प्रिमियर लिगमा फर्किएका छन् ।