• २०८१ बैशाख १५ शनिबार

वर्षाले रोकियो आइपिएल फाइनल, खेल हुन नसके को हुन्छ विजेता ?

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल वर्षाका कारण ढिला शुरु हुने भएको छ ।

अहिले खेल हुने नरेन्द्र मोदी स्टेडियममा बर्षाका कारण निर्धारित समयमा टस हुन सकेको छैन । खेल शुरु हुनुभन्दा एक घण्टा अगाडी देखि वर्षा शुरु भएपछि अहिले टसमा ढिलाई भएको छ ।

चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच हुने यो फाइनलमा रिजर्भ डे को बारेमा स्पष्ट जानकारी गराइएको छैन ।

बर्षाले खेल पुरा हुन नसकेमा ओभर घटाएर खेलाइने छ । डक वर्थ लुइस अनुसार नतिजा निकाल्न कम्तिमा ५-५ ओभरको खेल हुनुपर्ने नियम रहेको छ । 

भारतीय मिडियाहरुका अनुसार सुपर ओभर पनि हुन सम्भव नभएमा फाइनल खेल सोमबार हुने भएको छ । आज नेपाली समय अनुसार ९: ५० सम्म खेल शुरु हुने अवस्था भएमा खेल पुरै ओभर खेलाइने छ भने राति १२:२० बजेसम्म खेल हुने अवस्था भएमा ५-५ ओभरको खेल खेलाइने छ । त्यो पनि सम्भव नभएमा खेल भोली अर्थात सोमबार पुरै खेलाइने छ ।

(यो समाचार प्राप्त सूचनाका आधारमा अपडेट गरिएको छ- सम्पादक)     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै