• २०८१ बैशाख १५ शनिबार

ग्रीनको शतकमा मुम्बई विजयी, प्लेअफको निर्णय अन्तिम खेलपछि हुने

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ ।

सनराइजर्सले दिएको २०१ रनको लक्ष्य पछाएको मुम्बईले १७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

मुम्बईका लागि क्यामरुन ग्रीनले शतकीय पारी खेलेका थिए । ग्रीनले ४७ बलमा अविजित १०० रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्माले ५६ रन बनाएका थिए । त्यसैगरी सूर्यकुमार यादवले अविजित २५ रन बनाए भने इशान किशनले १४ रन बनाएका थिए ।

त्यस्तै सनराइजर्सका बलर मायाँक डगर र भुवनेश्वर कुमारले एक एक विकेट लिएका थिए ।   

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाउदै २०० रन बनाएको थियो ।

सनराइजर्सका लागि मयंक अग्रवालले सर्बाधिक ८३ रन बनाए भने विभरान्त शर्माले ६९ रन बनाएका थिए । त्यस्तै हेइनरिच क्लासेनले १८ र कप्तान एडेन मार्क्रमले १३ रन बनाए ।

त्यसैगरी मुम्बईका आकाश माधवालले सर्बाधिक ४ विकेट लिए भने क्रिस जोर्डनले एक विकेट लिए ।

यो जितपछि मुम्बई इण्डियन्स अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । मुम्बईको १४ खेलमा १६ अंक भएको छ ।

अब मुम्बईको प्लेअफको निर्णय भने लिग चरणको अन्तिम खेल रोयल च्यालेन्जर्स र गुजरात टाइटन्सबीचको खेल पछि हुने भएको छ । बैंगलुरुमा हुने यो खेल अहिले बर्षाका कारण शुरु हुन सकिरहेको छैन । यदि वर्षा भएर यो खेल हुन नसकेमा मुम्बई प्लेअफमा पुग्ने छ त्यस्तै खेल भएर बैंगलोर विजयी भएमा भने बैंगलोर प्लेअफमा पुग्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै