• २०८१ बैशाख १५ शनिबार

विवाहमा सम्मान नपाएको भन्दै भाग्न खोज्ने भारतीय बेहुला र उनका बाबु पक्राउ

kharibot

बारा । बारामा विवाहमा पहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै भाग्न लागेको भारतीय बेहुला र उनका बुबालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बेहुला भारत जिल्ला पूर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौली बस्ने २३ बर्षिय शशी कुमार चौरसिया र उनका बुबा ४६ बर्षिय श्यामकान्त भगतलाई पक्राउ गरेको हो ।

आइतबार राति बेहुला शशिको बिबाह बाराको महागढीमाई नगरपालिका–६ बबुआईन बस्ने कालिचरण प्रसाद चौरसियाको छोरीसँग हुने तय थियो । राति भारतबाट जन्ती लिएर आएका बेहुलाले जन्तीमा आएका पाहुनाहरुलाई बेहुली पक्षले  भनेअनुरुप चलनचन्तिको राम्रो सँग स्वागत सत्कार नगरेको भन्दै बिहे नगर्ने भनि स्टेजबाट भाग्न लागे त्यसपछि सुरु भयो विवाद । विवाद बढ्दै गएपछि हातपात हुन थाल्यो । उनीहरू जन्तीसहित कालीचरणप्रसाद चौरसियाकी २१ वर्षीया छोरी मनिषासित विवाह गर्न आएका थिए ।

वरमाला हुने स्वयम्बर (स्टेज) को सजावट राम्रो नभएको र जन्तीहरूको सेवा–सत्कार राम्रो नभएको भन्दै बेहुला स्वयम्बरबाट हिँड्न खोजेपछि बेहुली र बेहुलाका बाबुबीच विवाद बढेर कुटाकुटको अवस्थासम्म सिर्जना भएको थियो ।

सोहीक्रममा बेहुलाका बुबा श्यामकान्त भगतले बेहुलीका बुबालाई विभिन्न किसिमको अश्लील शब्दहरु प्रयोग गरी हातपातसमेत गर्न खोजेको र बिहे नगर्ने भनि बेहुला भाग्न खोजेपछि विवाह मण्डपमा पुगेको प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

पक्राउ परेका बेहुला र उनका बुबाउपर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कलैयाबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पाण्डेले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै