• २०८१ बैशाख २६ बुधबार

निसीखोलामा डुबेर बालिकाको मृत्यु

kharibot

गलकोट । निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ ।

बागलुङको निसिखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकीराको डुबेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

घर भन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भीर भएकी बालिकाको  बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै