• २०८१ बैशाख १४ शुक्रबार

 तनहुँमा जलविद्युत् आयोजनाको बाँधस्थलमा शव फेला

kharibot

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित जलविद्युत् आयोजनाको बाँधस्थलमा आज एक युवकको शव फेला परेको छ ।

मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ याङ्कोटमा डेरा गरी बस्ने १५ वर्षीय सोमबहादुर गुरुङको शव फेला परेको हो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

तत्कालै सनाखत हुन नसके पनि पछि आफन्तको सहयोगमा उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै