काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह, रानी कोमल र हिमानी शाहले कुअनी प्रकारका सामाजिक सञ्जाल संचलान नगरेको उनीहरुको सचिवालयले जानाएको छ ।
शुक्रबार उनीहरुको सचिवालयले निराधार र भ्रमपूर्ण जालबाट मुक्त हुन आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन आग्रह गरेको छ ।
विहिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले हिमानी शाहको नामबाट चलाइएको ट्वीटर एकाउन्टबाट गरिएको टिप्पणीप्रति जवाफी टिप्पणी गर्दै पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी दिएका थिए ।
ओलीको टिप्पणी पछि पूर्व राजाको सचिवालयले आफुहरुले सामाजिक सञ्जाल नै नचलाउने स्पष्ट गरेका छन् ।