• २०८३ कार्तिक २७ शुक्रबार

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल: कस्तो रह्यो ५० एकदिवसीय खेल ?

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल: कस्तो रह्यो ५० एकदिवसीय खेल ?

काठमाडौँ । नेपालले ५० आइसीसी एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । शुक्रबार ओमानविरुद्धको खेल खेलेसँगै नेपालले एकदिवसीय खेलमा आफ्नो ५०औं खेल पुरा गरेको हो ।

२०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले आफ्नो पहिलो खेल नेदरल्याण्डसविरुद्ध खेलेको थियो । र सो खेलमा ५५ रनको हार बेहोरेको थियो । त्यस्तै नेपालले आफ्नो पहिलो जित भने दोस्रो एकदिवसीय खेलमा नेदरल्याण्डसविरुद्ध नै थियो ।

नेपालले अहिलेसम्म खेलेका ५० एकदिवसीय खेलमा २७ जित हासिल गरेको छ भने २१ खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेल बराबरीमा सकिएको थियो भने एक खेलको नतिजा आउन सकेको थिएन ।

नेपालले आफ्नो अन्तर्राष्ट्रिय एकदिवसीय यात्रामा ७ देशसँग खेलेको छ । यस क्रममा नेपालले सबैभन्दा बढी खेल युएईसँग खेलेको छ । युएईसँग नेपालले कुल १३ खेल खेलेकोमा ७ जित निकालेको छ भने ६ खेलमा हार बेहोरेको छ ।

त्यसैगरी पीएनजीसँग १० खेल खेलेकोमा ८ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ ।

त्यस्तै ओमानविरुद्ध ७ खेल खेलेकोमा ३ खेलमा जित हासिल गरेको छ भने ४ खेल हारेको छ ।

त्यस्तै नेपालले अमेरिका, नामिबिया र स्कटल्याण्डविरुद्ध ६-६ खेल खेलेको छ । जसमा अमेरिकाविरुद्ध खेलेका ६ खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार बेकोरेको छ । त्यस्तै एक खेल बराबरी भएको थियो ।

त्यस्तै नामिबियाविरुद्ध नेपालले खेलेका ६ खेलमा २ खेलमा जित हासिल गरेको थियो भने ३ खेलमा हार बेहोरेको थियो । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।

त्यस्तै स्कटल्याण्डविरुद्ध नेपालले खेलेका ६ खेलमा ३ खेलमा जित हासिल गरको थियो भने ३ खेलमा हार बेहोरेको थियो ।

त्यस्तै नेपालले नेदरल्याण्डससँग खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

यसरी नेपालको ५० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा सुखद रुपमा अगाडी बढेको छ ।

यसक्रममा नेपाली खेलाडीहरुले कैयौं किर्तिमान बनाएका छन् । जसमा एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने किर्तिमान सन्दीप लामिछानेले बनाएका छन् । सन्दीपले ४२ खेलमा १०० विकेट लिदै यो किर्तिमान आफ्नो नाममा लेखाएका छन् । यस अघि यो किर्तिमान राशिद खानको नाममा थियो । राशिदले ४४ खेलमा १०० विकेट लिएका थिए ।

त्यस्तै कुशल मल्लको नाममा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने किर्तिमान रहेको छ । कुशलले २०२० मा टियु मैदानमै अमेरिकाविरुद्ध अर्धशतक बनाएर यो किर्तिमान बनाएका हुन् ।

यस यात्राका क्रममा अहिले पछिल्लो पटक नेपाली क्रिकेट आफ्नो सबैभन्दा सफल समयमा रहेको छ । नेपालले हालै अर्को चार बर्षका लागि एकदिवसीय मान्यता जोगाएको छ भने आइसीसी विश्वकप छनौटको क्वालिफायरमा छनौट भएर अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दबदबा बढाउने अभियानमा अगाडी बढिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै