• २०८३ असोज २ शुक्रबार

सनराइजर्सले चेन्नईलाई दियो १३५ रनको लक्ष्य

सनराइजर्सले चेन्नईलाई दियो १३५ रनको लक्ष्य

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ७ विकेट गुमाउदै १३४ रन बनाएको हो ।

सनराइजर्सका लागि अभिषेक शर्माले सर्बाधिक ३४ रन बनाए भने राहुल त्रिपाठीले २१, ह्यारी ब्रुकले १८, कप्तान एडेन मार्क्रमले १२ हेइनरिच क्लासेन र मार्को जानसेनले १७-१७ रन बनाएका थिए ।

त्यसैगरी चेन्नईका बलर रविन्द्र जडेजाले ३ विकेट लिए भने आकाश सिंह, महीश थीकशना र मथीशा पाथिरानाले एक एक विकेट लिएका थिए ।

जारी आइपिएलमा चेन्नईको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक रहेको छ भने सनराइजर्सको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै