• २०८१ बैशाख १४ शुक्रबार

एकीकृत समाजवादीले स्थापना दिवस मनाउने

kharibot

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले यही वैशाख ९ गते देशभर कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ । 

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले काठमाडौँमा केन्द्रीय कार्यक्रम गर्ने तथा प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकूलतामा कार्यक्रम गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय भएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने निर्णय गरेको छ । पार्टी परित्याग गरेका नेता न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय बैठकमा गरिएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै