• २०८१ बैशाख १५ शनिबार

आइपिएल टिम विश्लेषण- कस्तो छ राजस्थान रोयल्स ?

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को १६औं सिजन शुक्रबारबाट शुरु भएको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स आइपिएलका सबैभन्दा सफल दुई टोली हुन् ।

दिल्ली क्यापिटल्स, पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । त्यस्तै लखनऊ सुपरजायन्ट्स र गुजरात टाइटन्सको यो दोस्रो सिजन मात्र हो । 

यस रिपोर्टमा आइपिएल टिम राजस्थान रोयल्सको बारेमा विश्लेषण गर्दै छौं ।

राजस्थान रोयल्स | सञ्जु सैमसन, कप्तान

आईपीएलको पहिलो च्याम्पियन राजस्थान रोयल्स २००९ देखि २०२१ सिजन सम्म फाइनलमा पुग्न सकेन तर गत सिजन १४ मध्ये टोलीले ९ खेल जितेर फाइनलमा पनि प्रवेश गरेको थियो । तर, उपाधिको दौडमा गुजरातले उसलाई हराएको थियो ।

राजस्थान रोयल्सका चर्चित तिब्रगतिका बलर प्रसिद कृष्णा चोटका कारण प्रतियोगिताबाट बाहिर भएकाले उनको स्थानमा सन्दीप शर्मालाई टोलीले समावेश गरेका छन् ।

राजस्थानको बलियो पक्ष आक्रमणकारी र स्थिर ब्याटिङ हो । राजस्थानमा कप्तान सञ्जु सैमसनसहित शिमरोन हेटमयर, जोस बटलर जस्ता स्टार ब्याट्सम्यान छन् भने युजवेन्द्र चहल, आर अश्विन, ट्रेन्ट बोल्ट र जासन होल्डर जस्ता अनुभवी बलर पनि टिममा रहेका छन् । त्यस्तै टिममा बलिङ अलराउन्डरको अभाव देखिन्छ । 

राजस्थान रोयल्समा सञ्जु सैमसन (कप्तान), जोस बटलर, यशस्वी जैसवाल,  देवदत्त पडिक्कल, शिमरान हेटमायर, रियान पराग, जेसन होल्डर, रविचन्द्रन अश्विन, नवदीप सैनी, कुलदीप सेन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट  जस्ता खेलाडी रहेका छन् ।

यस टिमको क्रिकेट निर्देशकमा कुमार संगाकारा रहेका छन् । राजस्थानले आफ्नो पहिलो खेल आइतबार सनराइजर्स हैदरावादसँग नेपाली समय अनुसार ३:४५ देखि खेल्ने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै