• २०८१ बैशाख १५ शनिबार

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्ड कपको फाईनलमा

kharibot

बारा । हिमालयन शेर्पा क्लब १३औं जीतपुरसिमरा गोल्ड कपको फाईनलमा प्रवेश गरेको छ ।

बुधबार सिमरा रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुर-११ लाई ३-० गोल अन्तर पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको हो ।

हिमालयन शेर्पाको जितमा निशान लिम्बुले दुई गोल गरे भने सुशिल राईले एक गोल गरेका थिए ।

प्रतियोगितामा अब आज साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाईज यूनाईटेडबीच दोश्रो सेमिफाइनल खेल हुने छ ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै