• २०८१ बैशाख १६ आइतबार

सलमान खानलाई धम्कीपूर्ण इमेल पठाउने युवा पक्राउ

kharibot

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानलाई धम्कीपूर्ण इमेल पठाउने व्यक्ति पक्राउ परेका छन् । राजस्थान र मुम्बई प्रहरीको संयुक्त अभियानमा धाकड राम बिश्नोई नामका २१ बर्षिय व्यक्तिलाई पक्राउ गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रहरीले अनुसन्धानमा यो इमेल जोधपुरबाट पठाएको पत्ता लागेको थियो ।

गत हप्ता सलमान खानका म्यानेजर जोर्डी पटेललाई धम्कीको इमेल आएको थियो । उक्त इमेलमा सलमान खानलाई मार्ने भनिएको थियो । त्यसयता इमेल पठाउने व्यक्तिको खोजी भइरहेको थियो।

मुम्बईस्थित बान्द्रा प्रहरीले यस विषयमा एफआईआर दर्ता गरेर अनुसन्धान गरिरहेको थियो । 

जोधपुरको ‘सियागो की धानी’ निवासी २१ वर्षीय ढाक राम बिश्नोईले इमेल पठाएको प्रहरी अनुसन्धानमा खुलेको छ । धाकड राम बिश्नोईको ठेगाना थाहा पाउने बित्तिकै बान्द्रा प्रहरीका एक उपनिरीक्षक र जोधपुर पुलिसले संयुक्त अभियानमा आरोपीलाई पक्राउ गरेका थिए । अहिले उनलाई जोधपुरबाट मुम्बई ल्याउने तयारी भइरहेको छ ।

आरोपी ढकडराम बिश्नोईविरुद्ध हतियार ऐन मुद्दा पनि दर्ता भएको छ । उनलाई अवैध हातहतियारसहित सरदारपुरा प्रहरीले १२ सेप्टेम्बर २०२२ मा पक्राउ गरेको थियो । रिपोर्टका अनुसार उनले सिद्धु मुसेवालाका बुवालाई इमेल पनि पठाएका थिए । उक्त इमेलमा उनले मुसेवालाका बुवालाई मार्ने धम्की समेत दिएका थिए ।

ग्याङ्स्टर लरेन्स बिश्नोईले केही दिनअघि सलमान खानलाई जेलमा बस्दा धम्की दिएका थिए । उनले जब सलमानको सुरक्षा हटाइन्छ, त्यो उनको जीवनको अन्तिम दिन हुनेछ । यो अन्तर्वार्ताको भोलिपल्ट सलमान खानका म्यानेजरलाई धम्कीपूर्ण इमेल आएको थियो ।

सलमानका नजिकका साथी प्रशान्त गुञ्जालकरले बान्द्रा पुलिस स्टेशनमा यस सम्बन्धमा उजुरी दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय