• २०८१ बैशाख १४ शुक्रबार

लक्जेम्बर्गविरुद्ध पोर्चुगलको आधा दर्जन गोल

kharibot

काठमाडौँ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले लक्जेम्बर्गलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पोर्चुगलले लक्जेम्बर्गमाथि ६-० गोल अन्तरको फराकिलो जित हासिल गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने जोआओ फेलिक्स, बेर्नानडो सिल्भा, ओटाभिओ र राफेल लीओले एक एक गोल गरेका थिए ।

युरो छनौटको समुह जीमा रहेको पोर्चुगलको यो लगातार दोस्रो जित हो । यो जिरहेको तपछि पोर्चुगलको २ खेलमा ६ अंक भएको छ भने लक्जेम्बर्गको २ खेलमा एक अंक रहेको छ ।

त्यस्तै यसै समुहमा रहेको स्लोभाकियाले बोस्निया हर्जेगोभिनालाई २-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । यो सँगै स्लोभाकियाको २ खेलमा ४ अंक भएको छ र बोस्नियाको २ खेलमा ३ अंक रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै