• २०८१ बैशाख १५ शनिबार

मापदण्ड पुरा नगर्ने स्कुल बसका १४ चालक कारबाहीमा

kharibot

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिंङका क्रममा १४ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उलङघन गर्ने १४ ओटा स्कुल बसका चालक कारबाहीमा परेका हुन् । 

स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस संचालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिहेको छ ।

यो संगै आज बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उलंघन गर्ने २८२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै