• २०८१ बैशाख १४ शुक्रबार

जापानको ‘किलिंग स्टोन’

kharibot

काठमाडौँ । एक वर्षअघि जापानका जनतामा त्रास फैलिएको थियो । एक अशुभ जापानी ढुङ्गा दुई भागमा भाँचिएको बारे डर फैलिएको थियो ।

ढुङ्गाका दुई भाग भएका कारण त्यसमा कैद भएको राक्षस संसारमा फर्किने विश्वास थियो । यो ढुङ्गालाई ‘किलिंग स्टोन’ पनि भनिन्छ । अठारौं शताब्दीमा स्थानीयले राक्षसलाई ढुंगामा कैद गरेको स्थानीयको दाबी छ । यो ढुङ्गाले ‘तमामो नो मे’ नामक राक्षसलाई देशवासीलाई सताउनबाट रोक्छ ।

यद्यपि, मानिसहरूलाई अझै कडा रूपमा ढुङ्गालाई नछुन सल्लाह दिइने गरेको द मिररले रिपोर्ट गरेको छ । जसले ढुङ्गा छुन्छ उसको केही दिनपछि मृत्यु हुन्छ भन्ने मान्यता छ । ढुङ्गालाई आधिकारिक रूपमा सेसो-सेकी भनिन्छ । यो कुख्यात चट्टान जापानको राजधानी टोकियो नजिकैको टोचिगी पहाडमा पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ ।

ढुङ्गाको इतिहास थाहा भए पनि २०२२ को मार्चमा वर्षाको पानीले चट्टानलाई दुई टुक्रा भत्काउँदा मानिसहरू यहाँ आउन छाडे । तर जापानी भूत र प्रेतहरूको डाटाबेस yokai.com का मालिक म्याथ्यू मेयरले तमामो नो मे कहिल्यै पनि चट्टानमा नपरेको दाबी गर्छन् । 

''तममो न मे' कहिल्यै ढुङ्गामा कैद भएन । उ आफैँ ढुङ्गा थियो । जापानी सम्राट सम्राट टोबाको हत्या गर्न राक्षसले सुन्दरी महिलाको रूप लिएको किंवदन्ती छ । वास्तविक पहिचान नौ पुच्छरको शक्तिशाली स्याल हो, जसले संसारलाई हलचल गर्न सक्षम छ । जब उनी सम्राटलाई मार्ने प्रयासमा असफल भयो, उनले एक एसियाली देशलाई गृहयुद्धमा डुबाइ दिए । उनको मृत्युपछि पनि करिब एक हजार वर्षसम्म उनको आत्मा चट्टानमा रहेको स्थानीयवासी बताउँछन् ।

    
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै