• २०८१ बैशाख १५ शनिबार

तेस्रो सन्तानको पिता बने मार्क जुकरबर्ग

kharibot

काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग तेस्रो बच्चाको पिता बनेका छन् । जुकरबर्गकी श्रीमती प्रिसिला चानले छोरीलाई जन्म दिएकी छिन्, जसको बारेमा उनले फेसबुक र इन्स्टाग्राम पोस्टमार्फत जानकारी दिएका छन् ।

जुकरबर्गले बच्चाको तस्बीर पोस्ट गर्दै लेखेका छन्- 'विश्वमा स्वागत छ, ओरिलिया चोन जुकरबर्ग । तपाई साँच्चै भगवानको सानो आशीर्वाद हुनुहुन्छ ।' मार्क जुकरबर्ग र प्रिसिलाका यी तेस्रो सन्तान हुन् । यसअघि जुकरबर्गको ५ वर्षकी दोस्रो छोरी ‘अगस्ट’ र ७ वर्षकी पहिलो छोरी ‘मेक्सिमा’ छिन् ।

जुकरबर्गले २ तस्विर पोष्ट गरेका छन्, एउटा तस्बीरमा जुकरबर्ग नवजात शिशुलाई हेरेर मुस्कुराएको देख्न सकिन्छ । दोस्रो तस्बीरमा, प्रिसिला चानसँग नयाँ जन्मिएको बेबी देखिन्छ । 

मार्क जुकरबर्ग र प्रिसिला चान सन् २००३ देखि सँगै छन् । दुवैको भेट हार्वर्ड विश्वविद्यालयमा भएको थियो । सन् २०१० को सेप्टेम्बरमा उनीहरुले फेसबुक मार्फतसँगै हुने घोषणा गरेका थिए र २०१२ मा दुबैले विवाह गरेका थिए ।

जुकरबर्गले हार्वर्ड विश्वविद्यालयको छात्रावासबाट फेसबुक सुरु गरेका थिए

जुकरबर्गले फेब्रुअरी ४, २००४ मा हार्वर्ड विश्वविद्यालयको छात्रावासबाट फेसबुक सुरु गरेका थिए । डाटा रे पोर्टलका अनुसार जनवरीमा फेसबुकका विश्वव्यापी २.९६३ बिलियन सक्रिय प्रयोगकर्ता थिए, जसको प्रयोगकर्ता नोभेम्बर २०२२ र जनवरी २०२३ बीच ०.२ प्रतिशतले बढेको छ। नयाँ तथ्याङ्कहरूले विश्वको जनसंख्याको लगभग ३७ प्रतिशतले फेसबुक प्रयोग गर्ने देखाउँछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै