• २०८१ बैशाख १६ आइतबार

उपराष्ट्रपतिको मतदान जारी, राप्रपा र नेमकिपाको बहिष्कार

kharibot

काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । 

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । आफूले उम्मेदवारी दिए पनि शाक्य र झाले भने मतदान गर्न पाउने छैनन् । उनीहरु संघीय र प्रदेशसभा दुवैको सदस्य छैनन् । प्रतिनिधिसभा सदस्य रहेका यादवले भने मतदान गरिसकेका छन् । 
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् । 


 
राप्रपा र नेमकिपाले मतदान नगर्ने 

उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले भने मतदानमा भाग नलिने जनाएका छन् । राप्रपाले गएको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो ।

राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन्। उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ। राप्रपा गएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो ।

त्यस्तै उपराष्टपतिको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहभागी नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालयमा शुक्रबार बसेको केन्द्रिय सचिवालयको बैठकले पार्टीका सांसदहरुलाई निर्वाचनमा भाग नलिन निर्देशन दिने निर्णय गरेको हो ।

एमसीसी खारेज गर्न भूमिका खेल्नेलगायतका विषयमा कुनै पनि पार्टीको कुनै पनि उम्मेदवारले प्रतिवद्धता नजनाएकाले चुनावमा सहभागी नहुने निर्णय गरिएको पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय