• २०८१ बैशाख १५ शनिबार

बलिवुड अभिनेता विद्युत र प्रेमिका नन्दिताको ब्रेकअप !

kharibot

काठमाडौँ । बलिउड एक्सन स्टार तथा फिटनेस आइकन विद्युत जामवाल र फेसन डिजाइनर नन्दिता महतानी विगत केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।

प्रेमको प्रतीक ताजमहलको अगाडि सन् २०२१ मा यी दुईले इन्गेजमेन्ट गरेका थिए । तर अहिले यो जोडीको बारेमा दुखद खबर आएको छ । अहिले यो जोडीले छुट्टिने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुई वर्षको इन्गेजमेन्टपछि दुवैको ब्रेकअप भएको हो ।

अभिनेता विद्युत जामवाल र फेसन डिजाइनर नन्दिता महतानीले छुट्टिने निर्णय गरेका छन् । यी दुईले दुई वर्षअघि इन्गेजमेन्ट गरेका थिए । 

२०२१ मा यी जोडीले आगराको ताजमहलमा इन्गेजमेन्ट गरेका थिए । नेहा धुपियाले यो इन्गेजमेन्टको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । 

अभिनेता विद्युत जामवाल एक्सन प्रधान फिल्ममा धेरै देखिने गर्दछन् । उनले आफैंले धेरै फिल्ममा एक्सन दृश्य डिजाइन गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै