• २०८१ बैशाख १५ शनिबार

उपराष्ट्रपति निर्वाचन बारे निर्णय लिन रास्वपाले बोलायो बैठक

kharibot

फाइल तस्बीर

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

शुक्रबार बिहान ११: ३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा  समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ ।

उपराष्ट्रपतिको निर्वाचन शुक्रबार नै हुँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै