• २०८१ बैशाख १६ आइतबार

यू-२० महिला एसियन कप छनोट: नर्दन मारियानालाई ६-० ले हराउदै नेपाल दोस्रो चरणमा

kharibot

काठमाडौं । नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपालले आइतबार नर्दन मारियाना आइल्याण्डलाई ६-० गोल अन्तरले पराजित गर्दै एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा आफ्नो स्थान सुनिश्चित गरेको हो ।

फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपालले पहिलो हाफमा ५ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो ।

नेपालको जितमा  दिपा शाही र सारा बज्राचार्यले २-२ गोल गरेका थिए भने सरस्वती हमाल र जेनिफर रानाले एक एक गोल गरेका थिए ।

यो जितपछि नेपालले समूह 'बी' मा आफ्ना दुवै खेल जितेर ६ अंकसहित दोस्रो चरणमा पुगेको छ । नेपालले पहिलो खेलमा प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो ।

दोस्रो चरणमा कुल ८ देश छनौट हुने छन् । जसलाई दुई समुहमा विभाजन गराइने छ र उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । 

अहिलेसम्म दोस्रो चरणमा अस्ट्रेलिया, चीन, भियतनाम, म्यान्मार, इरान छनौट भैसकेका छन् ।  

उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ ।  यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै