• २०८१ बैशाख १६ आइतबार

सेलेना गोमेज बनिन् इन्स्टाग्राममा बढी फलोअर हुने महिला

kharibot

काठमाडौँ । अमेरिकन गायिका तथा अभिनेत्री सेलेना गोमेज इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर भएकी महिला बनेकी छन् ।  

सेलेनाका इन्स्टाग्राममा ३८५ मिलियन फलोअर पुगेका छन् ।  उनले यस अघि इन्स्टाग्राममा सबै भन्दा बढी फलोअर भएकी अमेरिकी मिडिया पर्सनालिटी काइली जेन्नरलाई पछि पारेकी हुन् ।  काइलीका इन्स्टाग्राममा ३८० मिलियन फलोअर रहेका छन् ।

त्यस्तै अभिनेत्री अरिआना ग्राण्डेका ३५८ मिलियन फलोअर रहेका छन् ।   

त्यस्तै इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर भएका व्यक्ति भने फुटबलर क्रिस्टियानो रोनाल्डो हुन् ।  रोनाल्डोका ५५३मिलियन फलोअर रहेका छन् । त्यस्तै रोनाल्डोपछि अर्का फुटबलर लियोनेल मेसीका ४३४ मिलियन फलोअर रहेका छन् ।

इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर भने इन्स्टाग्रामका ६०९ मिलियन फलोअर रहेका छन् ।      
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै