• २०८१ बैशाख १५ शनिबार

सन्दीपको मुद्धा न्यायाधिशद्वय प्रधान र चुडालको संयुक्त इजलासमा

kharibot

काठमाडौँ । सर्वोच्च अदालतमा क्रिकेटर सन्दीप लामिछाने बारेको मुद्धाको आज पेशी तोकिएको छ ।  

सन्दीपले उच्च अदालतको आदेशको बिरुद्धमा क्रिकेट खेल्नका लागि वदेश जान पाउनुपर्ने माग राख्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ आज पेशी तोकिएको हो ।

सन्दीपको यो मुद्धाको पेशी न्यायाधिश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा तोकिएको छ ।  

शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाई तोकिएको थियो ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ आज पेश गर्न आदेश दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै