• २०८१ बैशाख १६ आइतबार

भक्तपुरमा उत्कृष्ट पथप्रदर्शक पुरस्कृत

kharibot

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले काठमाडौँ उपत्यकालाई सांस्कृतिक क्षेत्र घोषणा गरी पर्यटकीय गन्तव्यस्थल बनाउन माग गरेका छन् ।

आज भक्तपुर नगरपालिकाले आयोजना गरेको ३४औँ अन्तर्राष्ट्रिय पथप्रदर्शक दिवसमा बोल्दै उनले सांस्कृतिक सहरलाई राज्यले सांस्कृतिक क्षेत्र घोषणा गर्नुपर्ने बताएका हुन् ।

पर्यटनबाट आउने प्रतिफल सर्वसाधारण जनतासम्म पुर्याउन भक्तपुर नगरपालिकाले यसमा संलग्न पर्यटनकर्मीलाई रोजगारीको अवसर सृजना गरिरहेको उनले बताए । 

भक्तपुरका उत्कृष्ट पथप्रदर्शकहरु माधव कपाली, राजकुमार आचार्य, विष्णुप्रसाद सुवाल र रत्नकृष्ण प्रजापतिलाई उनले सो अवसरमा पुरस्कार प्रदान गरे ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पथप्रदर्शकले पर्यटकहरुलाई सत्यतथ्य सूचना प्रवाह गरी नगरको प्रवद्र्धनमा टेवा पुर्याउन प्रेरित गर्नुपर्ने बताए । स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर नगरमा कार्यरत स्थानीय पथप्रदर्शकको परिपालना, शिष्टता, नियमित योगदान, पहिरन, दक्षता, लगनशीलता आदि विषयमा मूल्याङ्कन गरी उत्कृष्ट पथप्रदर्शकलाई पुरस्कृत गर्ने निर्णय गरेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय