• २०८१ बैशाख १६ आइतबार

मस्ककै बाटोमा जुकरबर्ग, फेसबुक र इन्स्टाग्राममा पनि अब सशुल्क भेरिफिकेसन

kharibot

काठमाडौँ । ट्विटरका प्रमुख एलन मस्कले केही समयअघि ब्लू टिक अर्थात् भेरिफाइड ह्यान्डलको सुविधामा शुल्क लगाएका थिए ।

अब फेसबुकको मुख्य कम्पनि मेटाले पनि मस्ककै बाटो अबलम्बन गर्ने भएको छ ।

फेसबुक र इन्स्टाग्रामको कम्पनी मेटाका प्रमुख मार्क जुकरबर्गले ब्लू टिकका लागि शुल्क लिने घोषणा गरेका छन् ।

यो घोषणा गर्दै मार्क जुकरबर्गले भने- 'हामी फेसबुक र इन्स्टाग्रामका लागि मेटा भेरिफाइड सेवाको परीक्षण सुरु गर्दैछौं । यस सेवा अन्तर्गत, तपाइँको खाता आधिकारिक आईडी अन्तर्गत प्रमाणित गरिनेछ । यससँगै तपाईको पहुँच पनि बढ्नेछ ।'

मेटाले अष्ट्रेलिया र न्यूजील्याण्डबाट यो सुविधाको परीक्षण सुरु गर्ने भएको छ । कम्पनीले मेटा भेरिफाइ फिचर छिट्टै सारा संसारमा ल्याइने बताएको छ ।

भेरिफाइड सेवा लिएपछि नक्कली वा नक्कली आईडी सिर्जन हुने सम्भावना नहुने र पहुँच बढ्ने मेटाले बताएको छ ।

यो सुविधा वेबमा १२ डलर प्रति महिनामा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, यो सुविधा आईओएस र एन्ड्रोइडमा प्रति महिना १५ डलरमा उपलब्ध हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै