• २०८१ बैशाख १७ सोमबार

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद ७ दिन थप

kharibot

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ । 

समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रवार दोस्रो पटक बसेको प्रतिनिधि सभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेस गर्नुभएको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले सोही प्रस्ताव आफूले प्रतिनिधि सभा बैठक पेस गरेको स्पष्ट पार्नुभएको थियो ।

गत माघ १० गते २१ सदस्यीय सो समिति गठन गरिएको थियो । समितिलाई कार्य प्रारम्भ भएको मितिले १५ दिन भित्र सो मस्यौदा प्रतिनिधि सभामा पेश गर्ने कार्यादेश दिइएको थियो । गत माघ १३ गतेदेखि काम शुरु गरेको समितिको म्याद आजसम्मका लागि थियो । प्रतिनिधि सभाको अर्को बैठक माघ २९ गते आईतवार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै