• २०८१ बैशाख १४ शुक्रबार

म्यानचेस्टर सिटीद्वारा प्रिमियर लिगको फाइनान्सियल नियम उलंघन, कारवाहीको तयारी

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिगको फाइनान्सियल नियम उलंघन गरेको देखिएको छ ।

सिटीले २००९-१० सिजनदेखि २०१७-१८ सम्मका ९ सिजनमा १०० भन्दा बढी पटक स्पोन्सर र खेलाडीसँगको सम्झौतामा फाइनान्सियल नियम उलंघन गरेको आरोप लागेको छ ।

चार बर्ष लगाएर गरिएको अनुसन्धानमा सिटीले फाइनान्सियल नियम उलंघन गरेको देखिएपछि अब यो अनुसन्धानको रिपोर्टलाई स्वतन्त्र कमिशनमा पठाएको छ ।

प्रिमियर लिगको अनुसन्धानबाट देखिएको नियम उलंघनको विषय अब स्वतन्त्र कमिशनले थप अध्ययन गर्ने बताइएको छ । सिटीमाथि लागेका यी आरोपहरु प्रमाणित भएमा सिटीको लिगको अंक घट्ने सक्ने सम्भावना देखिएको छ ।

यस अनुसन्धान अवधिमा सिटीले तीन प्रिमियर लिग, एक एफए कप र तीन कारबाओ कप जितेको थियो ।

तर यसको अन्तिम निर्णय आउन भने अझै निकै समय लाग्ने बताइएको छ ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै