• २०८१ बैशाख १४ शुक्रबार

टर्कीमा फेरी ७.५ रेक्टर स्केलको भूकम्प

kharibot

काठमाडौँ । टर्कीमा सोमबार फेरि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । नेपाली समय अनुसार दिउँसो ४ बजेर ९ मिनेटमा ७.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको 

अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यसको केन्द्र अंकाराबाट ४२७ किलोमिटर र जमिनबाट १० किलोमिटर टाढा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यसअघि सोमबार बिहान टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गाजियान्टेप नजिकै स्थानीय समयअनुसार सोमबार बिहान ४: १७ बजे ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा भूकम्पको धक्का महशुस गरिएको थियो ।

यस भूकम्पमा टर्कीमा ९१२ जना र सिरियामा ३८६ जनाभन्दा बढीको मृत्यु भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै