• २०८१ बैशाख १४ शुक्रबार

एकीकृत समाजवादी राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो

kharibot

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । 

काठमाडौं । सो पार्टीको आईतवार सम्पन्न केन्द्रिय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिना भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो । 

त्यसका लागि आगामी जेठ महिना पार्टीको स्थानिय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठनलगायतका सम्पूर्ण कामहरु सम्पन्न गर्ने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले  अब पार्टीको ध्यान सम्पूर्ण रुपमा महाधिवेशनमा केन्द्रित हुने बताए । 

प्रवक्ता खतिवडाले भने, ‘संगठनलाई सुदृढीकरण गर्नका लागि हामीले अबको जेठ महिना सम्मका लागि स्थानीय पार्टी कमिटीहरुलाई एउटा कार्ययोजना दिएर पठाएका छौं । फागुन महिनामा जिल्लाहरुले गर्दै, त्यो भन्दा अगाडि स्थानीय कमिटीहरुले गर्दै जेठ महिनासम्म पुग्दा प्रदेशको कमिटीहरुले आफ्नो कमिटी गठन पुनर्गठन गरिसक्नेछन । आउँदो अर्को वर्षको फागुन भित्रमा हामी पार्टीको राष्ट्रिय महाधिवेशन गर्छौैं भन्ने हामीले कार्ययोजना दिएका छौं । र, सम्पूर्ण ध्यान अब त्यतातिर दिने भन्ने पार्टीले आम धारणा बनाइसकेको छ । अहिले निर्णयमा हामी यही कुराहरुलाई अगाडि सार्नेछौं । देशको बामपन्थी आन्दोलनलाई एकजुट बनाउनको निम्ति हामीले पहलकदमी गर्नुपर्ने, अगुवाई गर्नुपर्ने, हामीले नगरे अरुले गर्नसक्ने परिस्थिति नरहेको तर हामीसँगै हिँडन खोजिरहेको वातावरण हामीले देखेका छौं । त्यसकारण एउटा असल कम्युनिष्ट पार्टीको नाताले वामपन्थी शक्तिहरुलाई जुटाउने जिम्मेवारी पनि हाम्रै काँधमा छ । यो दिशामा जनुपर्छ भन्ने दिशामा हामी अघि बढ्दैछौं । संविधान र राष्ट्रको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेका छौं ।’

त्यसैगरी बैठकले संविधान र मुलुकको राष्ट्रियतालाई जोगाउनका लागि दृढतापूर्वक उभिने निर्णय पनि गरेको छ । कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउने दिशामा पनि नेतृत्वदायी भुमिका निर्वाह गर्न पहल गर्ने निर्णय पनि गरिएको प्रवक्ता खतिवडाले बताए । बैठकमा नेताहरुले आगामी ४ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पार्टीको बलियो उपस्थिति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै