• २०८१ बैशाख १३ बिहीबार

सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्ड रास्वपालाई गृहमन्त्रालय नदिने भनेपछि असतुन्ष्ट रहेको रास्वपाले गृहमन्त्रालय आफ्नै भागमा परेकोले आफुहरुले नै पाउनुपर्ने अडान राख्दै आएको थियो ।

तर प्रधानमन्त्री प्रचण्डले रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय दिन सकिने प्रस्ताव गरेका थिए । रास्वपाले प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई अस्वीकार गर्दै सरकारमा नबस्ने निर्णय गरेको हो । 

यसैबीच पार्टीको निर्णय जानकारी दिन केहीबेरमा नै सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने बताएका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै