• २०८१ बैशाख १४ शुक्रबार

स्वस्थानी व्रतकथा आजदेखि समापन हुँदै

kharibot

काठमाडौं । एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा आजदेखि समापन हुँदैछ ।

आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवतरुपमा समापन हुन्छ ।

काठमाडौंको शाँखुस्थित शाली नदीमा एक महिनादेखि जारी स्वस्थानी मेला पनि आजै समापन हुन्छ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ ।

आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिकालमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्व समापन गर्ने प्रचलन रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै