• २०८१ बैशाख १५ शनिबार

अब बलिदान नभइ देशका लागि योगदान गर्न अग्रसर बनौं- बालेन

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बलिदान नभइ देशका लागि योगदान गर्न आग्रह गरेका छन् ।

सोमबार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै बालेनले इतिहासको यस कालखण्डमा अब बलिदान होइन, योगदान गर्नेतर्फ हाम्रा पाइलाहरु अग्रसर हुनुपर्ने बताएका हुन् ।

बालेनले अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामू परिचित हुन पाएको बताए । उनले शहीदहरुले आफ्ना सन्ततीहरुको उज्वल भविष्यको लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभइ देशका लागि योगदान गरेर देखाउनुपर्ने बताए ।

बालेनले भने- ‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौँ । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु। सहिदहरुले आफ्ना सन्ततीहरुको उज्वल भविष्यको लागि प्राण आहुति नै गर्नुभयो । आज शहीदहरुले देख्नुभएको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको छ ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय