• २०८१ बैशाख १६ आइतबार

भारतको ओडिशाका स्वास्थ्यमन्त्रीलाई प्रहरीले गोली हाने

kharibot

काठमाडौँ । भारतको ओडिशाका स्वास्थ्यमन्त्री नबा दासलाई आइतबार दिउँसो गोली हानिएको छ । 

स्वास्थ्यमन्त्री दसलाई ब्रजराजनगरमा एक प्रहरी अधिकारी (एएसआई) ले गोली हानेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मन्त्री नवदासको छातीमा ४–५ गोली लागेको र उनको अवस्था नाजुक रहेको बताइएको छ । उनको थप उपचारका लागि हेलिकप्टरबाट भुवनेश्वर लगिएको बताइएको छ ।

अर्कोतर्फ प्रहरीले गोली चलाउने एएसआईलाई नियन्त्रणमा लिएको छ । उनीमाथि सोधपुछ भइरहेको छ । नबदास कार्यक्रममा सहभागी हुन ब्रजराजनगर पुगेको र गाडीबाट ओर्लने बित्तिकै एक जना एएसआई गोपालदासले मन्त्रीलाई गोली हानेका थिए । चारदेखि पाँच राउण्ड गोली चलेको बताइएको छ । प्रहरी अधिकारीले गोली हान्नुको कारण बारे भने खुलेको छैन । 

कार्यक्रममा स्वास्थ्यमन्त्री नव दास प्रमुख अतिथि रहेका थिए । स्वास्थ्यमन्त्री दास विगतमा पनि विवादमा आइरहने नेता हुन । उनलाई २०१५ मा ओडीशा विधान सभामा संसद बैठकमै पोर्न भिडियो हेर्दा हेर्दै समातिएका थिए । उनी ओडीशाको सबै भन्दा धनि मन्त्री मध्ये एक मानिन्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै