• २०८१ बैशाख ७ शुक्रबार

यौन दुर्व्यवहारको आरोपमा आल्भेज पक्राउ

kharibot

काठमाडौँ । ब्राजिलका स्टार फुटबलर डानी आल्भेज यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

डिसेम्बरमा बार्सिलोनाको एक क्लबमा यौन दुर्व्यवहार गरेको आशंकामा स्पेनिस प्रहरीले ब्राजिलियन फुटबलर ड्यानी आल्भेजलाई पक्राउ गरेको छ ।

३९ वर्षीय आल्भेजलाई स्पेनको बार्सिलोना सहरमा सोधपुछ भइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

आल्भेजले यस शहरमा वर्षौंदेखि क्लब फुटबल खेलेका छन् । अहिले उनी मेक्सिकोको क्लबबाट खेल्छन् । उनले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।

स्पेनिस मिडियामा आएको खबर अनुसार यो कथित यौन हिंसा डिसेम्बर ३०-३१ को राति बार्सिलोनाको क्लबमा भएको थियो ।

आल्भेजले स्पेनको एक निजी न्यूज च्यानललाई भनेका छन्- 'उनी त्यो रात क्लबमा थिए तर उनले त्यहाँ आरोप लगाउने महिलालाई देखेनन् । म त्यो क्लबमा थिएँ । सबैलाई थाहा छ मलाई नाच्न मन पर्छ तर मैले कसैको गोपनीयतामा हस्तक्षेप गरेको छैन ।'

आल्भेज अहिले मेक्सिकोको पुमास उनम नामक क्लबबाट खेल्छन् । कतारमा भएको विश्वकपपछि उनी बार्सिलोनामा बिदा मनाउँदै थिए ।

आल्भेज कतार विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गर्ने सबैभन्दा बढी उमेरका खेलाडी थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै