काठमाडौँ । साउदी अरबको रियादमा भएको मैत्रीपूर्ण खेलमा पिएसजीले अल स्टार्स एघारलाई पराजित गरेको छ ।
गोलको वर्षा भएको खेलमा पिएसजीले ५-४ ले जितेको हो । क्रिस्टियानो रोनाल्डो भर्सेज लियोनेल मेसी खेलको रुपमा हेरिएको यस खेलमा क्रिस्टियानो रोनाल्डोले अल स्टार्सका लागि दुई गोल गरेका थिए भने लियोनेल मेसीले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ३९औं मिनेटमा जुआन बेरनटले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।
त्यस्तै नेइमारले पहिलो हाफको अन्तमा पाएको पेनाल्टी मिस गरेका थिए ।

अल स्टार्सका लागि जांग हिउन सू र टालिस्काले एक एक गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि मेसी, मार्क्यूरिन्होज, सर्जियो रामोस, किलीयन एम्बाप्पे, हुगो एकिटिकेले एक एक गोल गरेका थिए ।
समग्रमा एक पछि अर्को गोल हुदा खेल निकै रोमान्चक बनेको थियो ।
रियादस्थित किंग फयाद स्टेडियममा भएको यस खेलमा ६८ हजार भन्दा बढी दर्शक प्रत्यक्ष उपस्थित रहेका थिए ।









