• २०७९ माघ २३ सोमबार

एमालेबाट विमला राई पौड्याल परराष्ट्रमन्त्री बन्दै

kharibot

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य विमला राई पौड्याललाई परराष्ट्रमन्त्री बनाउने भएको छ ।

सत्ता साझेदार दलमा परराष्ट्र मन्त्रालय आफ्नो भागमा परेपछि एमालेले विमलालाई मन्त्री बनाउने भएको हो ।

उनी नेपालको इतिहासमा परराष्ट्रमन्त्री बन्ने दोस्रो महिला बन्ने छिन् । उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य हुन् । 

यसअघि नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री बनेकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय