• २०८३ कार्तिक २८ शनिबार

रियलको प्रशिक्षण स्थलमा रोनाल्डो पुगेपछि...

रियलको प्रशिक्षण स्थलमा रोनाल्डो पुगेपछि...

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडका आफ्ना पूर्व सहकर्मीहरुसँग प्रशिक्षणस्थलमा पुगेर भेट गरेका छन् ।

रियल म्याड्रिडको टिम अहिले स्पेनिस सुपरकोपा खेल्न साउदी अरेबियामा रहेको छ । बार्सिलोनासँग फाइनलमा खेल्नुअघि प्रशिक्षण गरिरहेको रियल म्याड्रिडका आफ्ना पूर्व सहकर्मीलाई रोनाल्डोले भेट गरेका छन् ।

साउदी क्लब अल नासरमा आवद्ध भएपछि अब रोनाल्डो साउदीमा सेटल हुनेक्रममा रहेका छन् । उनले यद्यपि डेभ्यु भने गरेका छैनन् ।

रोनाल्डोले रियलको प्रशिक्षण मैदानमा प्रशिक्षक कार्लो एन्सेलोट्टी र रोबेर्टो कार्लोससँग कुराकानी गरेका थिए ।

करिब २०० मिलियनको कीर्तिमानी रकममा अल नासरमा आवद्ध भएका रोनाल्डो प्रतिबन्धका कारण अब २१ जनवरीमा मात्र साउदीमा डेभ्यु गर्नेक्रममा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै