• २०८१ बैशाख २७ बिहीबार

ओलीले संवैधानिक व्यवस्थालाई चुनौती दिए, प्रचण्डको परिक्षणको घडी आयो- देउवा

kharibot

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्रीका लागि अहिले परिक्षणको घडी रहेको बताएका छन् । 

संसदमा सम्बोधन गर्दै देउवाले सोमबारको संसद बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

देउवाले संविधानको पूर्णकालिन संसदको व्यवस्थाको विपरित फेरि पनि संसद विघटन गर्न सकिने कुरा जोडदार रुपमा ओलीले दोहोर्‍याएको बताए । 

देउवाले सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको भन्दै वर्तमान प्रधानमन्त्रीको लागि पनि यो परिक्षणको घडी भएको बताए ।   

उनले भने-  'प्रतिनिधि सभाको हिजो बसेको पहिलो बैठकमा नेकपा एमालेका अध्यक्ष तथा वर्तमान सत्ता गठबन्धनका समेत नेताको सम्वोधन माथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उहाँले संविधानको पूर्णकालिन संसदको व्यवस्थाको विपरित फेरि पनि संसद विघटन गर्न सकिने कुरा जोडदार रुपमा दोहोर्‍याउनु भएको छ । संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्री सहित हामी एक ठाउँमा उभिएका थियौ । सम्माननीय सर्वोच्च अदालतले पनि संविधानको व्यवस्था अनुरुप विघटित संसदको पुर्नस्थापना गरेको थियो। आज फेरि बर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ । वर्तमान प्रधानमन्त्रीको लागि पनि यो परिक्षणको घडी हो ।'   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै