• २०८१ बैशाख २६ बुधबार

१२ बर्षपछि चल्यो घण्टाघरको घडी

kharibot

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको घण्टाघरमा १२ वर्षपछि पुराना घडी हटाएर नयाँ घडी जडान गरिएको छ ।

१२ वर्षदेखि बन्द घण्टाघरका घडी सञ्चालनमा ल्याउन नसकिएपछि सुर्खेत उद्योग वाणिज्य सङ्घको पहलमा वीरेन्द्रनगर नगरपालिकाले १२ लाख रुपियाँको लागतमा नयाँ घडी जडान गरेको हो । 

घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भए पनि पुराना घडीहरू मर्मतसम्भार हुन नसकेपछि विदेशबाट नयाँ घडी मगाएर जडान गरिएको छ ।

घण्टाघरको घडीको सुई विगत १२ वर्षदेखि रोकिएको थियो । २०४५ सालमा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको सुईले स्थानीयलाई समयको अड्कल लगाउन सहज बनाएको थियो । 

घण्टाघरमा प्रत्येक घण्टामा धुन बज्थ्यो र घडीको सुई घुमेको थाहा हुन्थ्यो । घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिएको स्थानीयले गुनासो गर्दै आइरहेका थिए । कर्णाली प्रदेशको पहिचानका रूपमा रहेको घण्टाघर सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यसमेत हो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै