काठमाडौँ । फ्रान्स फुटबल फेडेरेसनले डिडीयर डेसच्याम्पलाई फ्रान्सको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा सम्झौता नवीकरण गरको छ ।
फ्रेन्च फुटबल फेडेरेसनले डेसच्याम्पलाई २०२६ सम्म राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा सम्झौता नवीकरण गरेको हो ।
अब डेसच्याम्प २०२६ को विश्वकपमा समेत फ्रान्सको प्रशिक्षक हुने भएका छन् । फ्रान्सलाई २०१८ को विश्वकप जिताएका डेसच्याम्प हालै सम्पन्न कतार विश्वकपमा फाइनलमा पराजित भएको थियो ।
उनी २०१२ देखि फ्रान्सको प्रशिक्षक रहेका छन् । उनको नेतृत्वमा फ्रान्सले अहिलेसम्म १३९ खेल खेलेको छ भने ८९ खेलमा जित, २८ बराबरी र २२ खेलमा हार बेहोरेको छ ।
अब फ्रान्स राष्ट्रिय टिमको फोकस २०२४ मा जर्मनीमा हुने युरोकपको छनौट चरणका खेलहरुमा रहेको छ ।
५४ बर्षिय डेसच्याम्प खेलाडीको रुपमा फ्रान्सले १९९८ को विश्वकप विजेता टिमका महत्वपूर्ण सदस्य पनि हुन् ।









