• २०८१ बैशाख १६ आइतबार

विदेशबाट फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने नियम तत्काल लागु नहुने

kharibot

काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नहुने भएको छ ।

नेपाल दूरसंचार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले अहिलेलाई तयारी नपुगेकोले पहिलेकै अवस्थामा रहेको खरीबोटलाई जानकारी दिए ।

यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागु नगर्न अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिएका थिए ।

प्राधिकरणले पुष १५ अर्थात आजदेखि विदेशबाट एकथान मोबाइल ल्याउँदा अनिवार्य रुपमा भन्सार तिर्नु पर्ने नियम लागु गर्ने घोषणा गरेपछि यसको सबैतिर आलोचना भएको थियो ।

प्रवासी नेपाली मञ्चलगायतका संस्थाले पनि वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको थिए । विदेशमा रहेका नेपाली संघ संस्थाहरुले देशमा रेमिट्यान्स नपठाउने अभियाननै चलाउन शुरु गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै