• २०८१ बैशाख १७ सोमबार

हलिवुड निर्माता हार्वेलाई थप २३ वर्ष जेल सजाय

kharibot

काठमाडौँ । अमेरिकी फिल्म निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ । एक दशकअघि हार्वेमाथि एक महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

ती महिलाका वकिलले हलिउडका पावर प्लेयर अर्थात् हार्वेले युवा अभिनेत्रीहरूलाई कैयौं पटक यौन शोषण गरेको आरोप लगाएका थिए । यी सबै आरोपको पाँच वर्षपछि गत सोमबार अदालतले लसएञ्जल्समा उनलाई दोषी ठहराएको हो ।

दुई साता लामो बहसपछि आठ पुरुष र चार महिलाको जुरीले आफ्नो समयको लोकप्रिय ७० वर्षे निर्मातालाई उनको अपराधमा दोषी ठहराएको हो । हार्वेले यसअघि पनि एक मामलामा दुई वर्षको जेल सजाय बिताइसकेका छन् । हार्वेका वकिलले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

‘हार्वे अब कहिल्यै पनि अन्य महिलालाई दुष्कर्म गर्न पाउने छैनन् । उसले अब बाँकी जीवन जेलभित्रै बिताउनुपर्नेछ । जहाँ उनी अहिले छन् । यो मुद्दाका दौरान हार्वेका वकिलले हामीलाई धम्क्याउनेदेखि अनेक रणनीति अपनाए’, पीडित महिलाका वकिलले भनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै