• २०८३ भदौ ८ सोमबार

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी अध्यादेश ल्याउनु असंवैधानिक- विवेकशील साझा

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी अध्यादेश ल्याउनु असंवैधानिक- विवेकशील साझा

काठमाडौं  । विवेकशील साझा पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी सत्ता सोदावाजीका लागि अध्यादेश ल्याउनु असंवैधानिक भएको बताएको छ । 

काम चलाउ सरकारले सत्ता सौदावाजीको कलुषित मनसाय राखेर दूरगामी असर पार्ने अध्यादेश ल्याउने धृष्टताप्रति गम्भीर आपत्ति रहेको मंगलबार जारी विज्ञप्तिमार्फत उल्लेख छ  ।

नयाँ सरकार बन्ने प्रक्रियाको मुखैमा सरकारले अध्यादेश ल्याउन खोज्नु नयाँ जनमत र संसद्को समेत अवमूल्यन भएको विवेकशील साझाको ठहर छ ।सरकारको यो कदम संवैधानिक, कानुनी, नैतिकता, समय र अभ्यास सबै हिसाबले घोर आपत्तिजनक रहेको पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले बताए । 

पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी पीडितहरूको समस्या सम्बोधन गर्न र अध्यादेश फिर्ता लिएर लोकतन्त्रको साख बचाउन सरकारसँग माग गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै