काठमाडौँ । जारी फिफा विश्वकप फुटबल अब अन्त्य तिर पुगेको छ । अब सेमिफाइनल र फाइनल खेल बाँकी छ । यसैबीच विश्वकपमा भएको क्वाटरफाइनलको अर्जेन्टिना र नेदरल्याण्डसबीचको खेल अहिलेसम्म पनि चर्चामा रहेको छ । यस खेलमा अर्जेन्टिना र नेदरल्याण्डसबीच खेल बाहेक पनि भएका अन्य घटना अहिले चर्चा र बहसमा रहेका छन् । अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको यस खेलमा खेलाडीको व्यवहार र आपसी झगडाको विषय अहिले पनि बहसमा छ ।
शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै थिए । कयौं पटक दुवै टोलीका खेलाडीहरु आपसमा भिडेका थिए । यस खेलमा रेफ्रीले खेलको क्रममा र खेलपछि गरेर कुल १८ पहेँलो कार्ड देखाए ।
अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेसीले पनि यस खेलमा पहेँलो कार्ड पाएका थिए । खेलमा मेसी निकै आक्रामक देखिए । उनले ७३औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि उनले गोलको अनौठो तरिकाले सेलिब्रेट गरे ।
उनको स्टाइल देखेर फ्यानहरु छक्क परेका थिए, किनकि उनीहरुले मेसीलाई त्यो स्टाइलमा गोलको सेलिब्रेसन गरेको यस अघि कहिल्लै देखेका थिएनन् । गोल गरेपछि मेसी डच डग आउटको अगाडि उभिए र दुवै हात कानमा राखेर खुशी मनाए । वास्तवमा, मेसीले नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गाललाई आफ्नो सेलिब्रेसनबाट जवाफ दिएका थिए । खेलपछि पनि अर्जेन्टिनाको टोली जित्दा मेसी लुइस भान गालसँग भिड्दै देखिएका थिए । तर, मेसीलाई अन्य खेलाडी र स्टाफले शान्त पारेका थिए

वास्तवमा यो सबै कुरा अहिलेको होइन । मेसीले गरेको यो घटना लुइस भान गालको यो खेल अघिको मेसी बारेको टिप्पणीसँग मात्र समिति छैन । यो घटनासँग २० वर्ष पहिलेको घटना पनि जोडिएको छ ।
त्यसपछि लुइस भान गाल बार्सिलोनाका प्रशिक्षक थिए । लुइस भान गालले ल्याटिन अमेरिकी खेलाडीहरूलाई त्यति मन पराउदैनन् भने कुरा मिडियामा आइरहन्थ्यो । २०२२ मा, लुइस भान गालले बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका खेलाडी रोमन रिक्वेल्मीसँग निकै नराम्रो व्यवहार गरेका थिए । उनले रिक्वेल्मीले आफ्नो निर्देशन पालना नगर्ने, आफूले बताएको स्थितिमा नखेल्ने आरोप लगाउने गरेका थिए । यो पूरै विवादपछि रिक्वेल्मी बार्सिलोना छोडेर भिल्लारियल क्लबमा आबद्ध भएका थिए ।
यसपछि रिचेल्मीले भिल्लारियलका लागि गोल गरेपछि लुइस भानको अगाडि कानमा हात राखेर विशेष तरिकाले सेलिब्रेसन गरेका थिए । लुइस भान गाललाई अहिले मेसीले पनि रिक्वेल्मीको झल्को दिदै २० वर्षपछि उस्तै विशेष तरिकाले गोल सेलिब्रेसन गरेर सो घटना सम्झाइदिएका छन् ।
यस बाहेक खेलअघि भान गालले आफूमाथि गरेको टिप्पणीलाई लिएर मेसी असन्तुष्ट थिए । अर्जेन्टिना र नेदरल्यान्ड्सको खेलअघि बहाना गालले मेसीको खिल्ली उडाउँदै भनेका थिए- 'अर्जेन्टिनाको कब्जामा खेल नहुँदा मेसीले केही गर्न सक्दैनन् । मलाई लाग्छ अर्जेन्टिनाको टोली हामीसँग डराएको छ । हामी सजिलै मेसीलाई रोक्न सक्छौं ।'
अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलपछि मेसीले लुइस भान गालसँग यस विषयमा झगडा गरेका थिए ।
मेसीले खेलपछि आफु भान गालको खेलअघिको टिप्पणीबाट अपमानित महसुस गरेको बताउदै उनले अर्जेन्टिनाको समेत अपमान गरेको बताए ।
अर्जेन्टिना सन् १९८६ पछि पहिलो पटक विश्वकप जित्नबाट दुई कदम मात्र टाढा छ । टोली २०१४ मा फाइनलमा पुगेर पनि विश्वकप जित्न असफल भएको थियो । अब अर्जेन्टिनाले सेमिफाइनलमा ब्राजिललाई हराएको क्रोसियाको सामना गर्दै छ ।









